दिपा श्री निरौला निर्देशित प्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को दोश्रो गीत ‘झ्याम्म झ्याम्म’ युटुवको ट्रेन्डिङ नम्वर एकमा आएको छ । गत सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएका गीतलाई हालसम्म करिब ९ लाख (८ लाख ९२ हजार) पटक हेरिएको छ । किरण कंडेलको संगीत, उत्तम संजेलको शब्द रहेको गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर सुन्न सकिन्छ । भिडियो हेर्नुस् :

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमो प्रियंका कार्की, विल्सन विक्रम राई, दिपकराज गिरी र बुद्धि तामाङले कम्मर मर्काएका छन् । फिल्म छक्का पञ्जा २ फुलपाती, असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । गत साल प्रदर्शनमा आएको फिल्म छक्का पञ्जा ले सर्वाधिक व्यापार गर्न सफल भएको थियो । छक्का पन्जा २ टिमसंग गरिएको मज्जाको कुराकानी हेर्नुस् :

 

For More videos Log on to Mazzako TV