बिहिबार बेलुकी फिल्म ‘ए मेरो हजुर २’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा सम्पन्न भयो । लभ स्टोरी जनराको फिल्म हेर्नेले यसको उच्च प्रशंसा गरे । तर, प्रिमियरको आकर्षणमा अभिनेत्रीहरु पनि रहन पुगे ।

अभिनेत्रीहरु पुगेको स्थानमा पहिरनको चर्चा हुनु स्वभाविक नै हो । तर, अचम्मलाग्दो कुरा के थियो भने ‘ए मेरो हजुर २’को प्रिमियरमा अभिनेत्रीहरुको पहिरन तारिफयोग्य भने कसैको थिएन ।

यो प्रिमियरमा रेखा थापा, संचिता लुइटेल, आँचल शर्मा, सुरविना कार्की, अनिता आचार्य, नीता ढुंगाना लगायत पुगेका थिए । तर, प्रिमियरमा उपस्थित कुन पनि अभिनेत्रीको पहिरन तारिफयोग्य थिएन ।

अधिकांश अभिनेत्रीहरुले सामान्य पहिरन लगाएका थिए । प्रिमियर जस्तो तामझाममा अभिनेत्रीहरुको पहिरनले तारिफ कमाएन । अभिनेत्री आँचल शर्मा र गायिका इन्दिरा जोशी पहिरनमा केही खुल्ने कोशिश गरे । अन्य अभिनेत्रीहरु सामान्य कार्यक्रममा पुगेजस्तो गरि पुगेका थिए । निर्देशक झरना थापाकै पहिरन पनि सामान्य खालको नै थियो ।

For More videos Log on to Mazzako TV