बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनित नयाँ फिल्मको सुटिङ सेटमा करेन्ट लागेर एक प्राविधिकको ज्यान गएको छ । नयाँ फिल्म ‘परी’ को कोलकत्तामा सुटिङ भइरहेको अबस्थामा करेन्ट लागेर उनको मृत्यु भएको भारतीय मिडियामा खबर छ ।

दुर्घटना भएपछि केही दिनका लागि सुटिङ स्थगित गरिएको बताइएको छ । सुटिङका क्रममा लाइटका लागि तारहरु विछ्याइएको थियो । त्यहि तार प्याकिङ गर्ने क्रममा प्राविधिक करेन्ट लागेर घाइते भएका थिए । फिल्म ‘परी’ को केहि दिन अघि मात्रै अनुष्काले फष्टलुक सार्वजनिक गरेकी थिइन् । प्रोसित रायको निर्देशित फिल्म ‘परी’ सन् २०१८ मा प्रदर्शन गर्ने योजना छ ।

For More videos Log on to Mazzako TV