बलिउड चर्चित निर्देशक करण जोहरले पहिलो पटक आफ्ना दुई वच्चाको तस्वीर सार्वजनिक गरेका छन् । केही महिना अघि मात्र बाबु बनेका करणका रुही र यश जुम्ल्याहा छोरोहरु हुन् । निर्देशक करणले आफ्ना जम्ल्याहा छोराको तस्वीर इन्स्ट्राग्राममा शेयर गरेका हुन् । इन्स्ट्राग्राममा लेखेका छन् –‘माइ वल्ड २.० अर्थात यी दुई मेरो दुनियाँ ।’ यी दुइ वच्चाको तस्वीरलाइ सर्वसाधारणले राम्रो भनेका छन् ।

निर्देशक करणको पुस्तक ‘एन अनसुइटेबल ब्वाइ’ मा समेत सरोगेसी मार्फत बच्चा जन्माउने इच्छा व्यक्त गरेका थिए । यसअघि शाहरुख खान र तुषार कपुर पनि सरोगेसी मार्फत सन्तानका बाबु बनिसकेका छन् ।

For More videos Log on to Mazzako TV