होलीको अवसर छोप्दै नायिका जेनिशा केसीले आफ्नो चलचित्र ‘आधी बाटो’को प्रमोशनको नौलो तरिका अपनाएकी छिन् । आईतबार होली खेल्न चलचित्रको टोलीसँग निक्लिएकी केसीले शरिरका विभिन्न भागहरुमा चलचित्रको नाम रातो अक्षरले लेखेको देखियो ।

विशेषत हात र गोडामा उनले आ’धी बाटो’ लेखेकी थिईन । अन्य चलचित्रकर्मीहरुले आफ्नो चलचित्रको प्रोमोसन गर्न चलचित्रको नाम लेखिएको टिसर्टहरु लगाएर आएका बेलामा ‘आधी बाटो’ नायिकाले भने यो नौलो तरिका अपनाईन् । चलचित्रको सफल्ताको लागि यस्तो पब्लिसिटी गरिएको नायिका बताउछिन् ।

नायिकाको यो तरिकाको बारेमा निर्देशक सविर श्रेष्ठले आफ्नै किसिसको प्रतिक्रिया दिए । आफुले नायिकालाई लेख्न लगाएको नभएर नायिका आफैले यो तरिका अपनाएको उनको भनाई छ ।

यता, निर्माता रमेश त्वायना पनि नायिकाको यो फण्डाबाट मख्ख देखिएका थिए । ‘चलचित्रले हलमा राम्रै गर्ला भन्ने आश छ तर यतिबेला भने जेनिशाले यहाँ कमाल गरिरहनुभएको छ’, निर्माता त्वायना खुशी हुदै प्रतिक्रिया दिए । ।

शरिरका विभिन्न भागमा चलचित्रको नाम कुदिएको यो कुराको चलचित्रकर्मी र पत्रकारहरुबीच रामै्र चर्चा चलेको थियो ।

चलचित्र ‘आधी बाटो’ चैत्र १४ गतेबाट अलनेपाल रिलिज हुदैछ । चलचित्रमा जेनिशाको साथमा गायक एस कुमार र सविन श्रेष्ठलाई मुख्य भुमिकामा देख्न पाईनेछ ।

For More videos Log on to Mazzako TV