अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइनको आयोजनामा ‘आइ ए एफ सिङ्गिङ आइडल सिजन–२’ को फाइनलका लागि कलाकारहरु बहराइन पुगेका छन् । ‘प्रवासमा खोजी नेपाली गायन प्रतिभाको’ भन्ने मुल उद्धेश्यका साथ गर्न लागिएको आडलमा कलाकारहरुको जम्बो टोली बहराइन पुगेको हो । आइडलको सेप्टेम्बर १ मा सम्पन्न हुने फाइनलमा जि.के.पुर्ण लिम्बु, जीत भट्टराई, रिग्जेन तामाङ, हसन राई र नोर्वु छिरिङ को घमासन साङ्गीतीक भिडन्त हुदै छ ।4

कार्यक्रममा नेपालबाट पप गायिका तृष्णा गुरुङ, आधुनिक गायक एवम नेपाली तारा सिजन २ का उप बिजेता तारा लक्सम लिम्बु, हास्य कलाकार एवम लोकगीतका सर्जक सुरज भिरखोइरे र लोकदोहोरी गायिका मिरा पोखरेल लगायत बहराइन पुगिसकेका छन् । मुश्लिमहरुका महान चाड ‘बकर इद’ को अवसरको छुट्टीलाई सदुपयोग गर्दै आइडलको फाइनल गर्न लागिएको बताईएको छ ।

कार्यक्रमबाट शंकलित रकम सुदुर पश्चिममा अझै पनि रहेको छाउपडी प्रथा बिरुद्ध लालीगुरास सेवा समाज बहराइनले निर्माण गर्ने जचेतना मुलक डकुमेन्ट्री प्रदर्शनी अभियान लाई समेत सहयोग गरिने आयोजकले जानकारी दिएको छ ।

 

For More videos Log on to Mazzako TV