यो खुशीको खबर हो कि, बलिउडका चर्चित कलाकारले अभिनय गरेका फिल्मलाइ भन्दा नेपाली फिल्मलाइ मल्टिप्लेक्समा उच्च शो मिलेको छ । भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर २’लाइ काठमाण्डौका मल्टिप्लेक्सले उच्च शो दिएका छन् । काठमाण्डौको क्यूएफएक्सले मात्र यो फिल्मलाइ सुरुवातमै १७ शो दिइसकेको छ । वुकिङ खुल्ला भएसँगै आक्रामक तरिकाले दर्शकले बुक गरिरहेका छन् ।

देशभरका सबैजसो हलमा रिलिज हुन लागेको यो लभ स्टोरी जनराको फिल्मलाइ दर्शकले प्रतिक्षा गरेर बसेका छन् । आज बेलुकी प्रिमियर गर्न लागिएको फिल्मलाइ फिल्म सेन्सर बोर्डबाट पनि निकै सकारात्मक प्रतिक्रिया मिलेको छ ।

झरना थापा डेब्यू निर्देशित फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ । सोलो प्रदर्शन र यो साता बिदै बिदाका कारण पनि यो फिल्मले आक्रामक व्यापार गर्ने पक्का छ ।

For More videos Log on to Mazzako TV