लभस्टोरी प्रेमकथामा आधारित फिल्म ‘रोमियो’को पहिलो शो कतारमा हुने भएको छ । निर्माता तथा अभिनेता हसन खान फिल्म शो गर्न कतार पुगिसकेका छन् । मुस्लिम धर्माबलम्बीहरुको महान पर्व बकर इदको अवसर पारेर यो फिल्म कतारमा देखाउन लागिएको हो ।

दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार शनिबार दिउँसो साढे ३ बजे यो फिल्म देखाइनेछ भने आइतबार सोही समयमा दोश्रो शो पनि हुनेछ । कतार पुगेर अभिनेता फिल्मको प्रचारमा पनि जुटेका छन् ।

कात्तिक १७ गतेबाट नेपालमा प्रदर्शन हुने यो फिल्ममा हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मलाइ शंकर कार्कीले निर्देशन गरेका हुन् । फिल्ममा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीत अहिले सर्वाधिक चर्चित छ ।

For More videos Log on to Mazzako TV