अभिनेत्री नम्रता श्रेष्ठ यतिखेर नाटकमा फर्किएकी छिन् । उनलाई दर्शकले फेरि पनि एक पटक नाटकमा देख्ने मौका पाउँदै छन् । यसअघि पनि ३ वटा नाटकमा अभिनय गरिसकेकी नायिका नम्रता अभिनित नाटक ‘गोल्डेन ब्याइ’ यहि सेप्टेम्बर १ देखि १० तारिख सम्म मञ्चन हुने भएको छ । अब उनि करिब २ साता सम्म ब्यस्त हुदै छिन् । दिनेश राउत निर्देशित फिल्म ‘पर्व’ ले सोचे जस्तो सफलता नपाए पछि नम्रताको नयाँ फिल्ममा काम गर्ने अत्तो पत्तो छैन् ।

सन् १९३७ को चर्चित अमेरिकी नाटक ‘गोल्डेन ब्याइ’ को नेपाली संकरणमा नम्रता अभिनय गर्न तयार भएकी हुन् । नम्रता संग लिड रोलमा अमृत दाहाल देखिदैछन् । अमेरिकी रंगकर्मी डेबोरा मेरोलाको निर्देशन रहेको नाटकमा नम्रता, अमृतसंगै राजकुमार पुडासैनी र दिव्य देव्यलाई दर्शकले देख्न पाउनेछन् । ‘हाइली हाइ इन्टरटेन्मेन्ट र वान वल्र्ड थिएटर’ को संयुक्त प्रस्तुतीमा यो नाटक मञ्चन हुन लागेको हो ।

For More videos Log on to Mazzako TV