कमेडीयन कपिल शर्माको ‘द कपिल शर्मा शो’ बिबादकै कारण पनि मिडियामा चर्चामा रहने गर्छ । केहि समय अघि बलिउड अभिनेता अजय देबगन कपिल संग रिसाएको खबर आएको थियो । तर उक्त खबरलाई अभिनेता अजयले नै खण्डन गरेका छन् । फिल्म ‘बादशाहो’ को प्रोमोशनको क्रममा उनले कपिलसँग कुनै गुनासो नभएको भन्दै उक्त खबरको खण्डन गरेका हुन् । अजय फिल्म ‘बादशाहो’ को प्रोमोशनका लागि कपिलको शो मा पुग्दा कपिलनै नभेटिएकाले उनी रिसाएको खबर सार्वजनिक भएको थियो ।

फिल्म ‘बादशाहोको’ प्रचारको लागि फिल्मको युनिट नै कपिलकोमा पुग्दा समयमा कपिल उपस्थित नभएर अजय रिसाएको खबर गलत भएको हो । उनले आफु सेटमा पुग्दा कपिल उपस्थित नहुँदा फर्किएर गएको स्वीकार गर्दै कपिलसँग रिसाएको खबर भने सत्य नभएको बताए ।

For More videos Log on to Mazzako TV