लभ स्टोरी कथामा बनेको फिल्म ‘रानी’को टिजर रिलिज गरिएको छ । म्यूजिक टिजरमा फिल्मका मुख्य कलाकारको प्रेमकथालाइ देखाइएको छ । फिल्ममा डेब्यू अनुहारको रुपमा सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठलाइ देख्न सकिन्छ । साथमा, फिल्मको शिर्ष भूमिकामा अभिनेत्री मलिना जोशीलाइ दर्शकले हेर्न पाउनेछन् ।

मलिनाको वरिपरी नै यो फिल्म घुमेको छ । यो फिल्ममा अनुपविक्रम शाही पनि छन् । जसले फिल्ममा ट्विस्ट ल्याउने काम गरेका छन् । भानु महर्जन प्रस्तुतकर्ता रहेको यो फिल्ममा विमलमान गुभाजुको लगानी छ । दयाराम दाहालले यो फिल्म निर्देशन गरेका हुन् ।

फिल्ममा यम थापाको लेखन, पुरुषोत्तम प्रधान , सिसन बानिया र मानकृष्ण महर्जनको छायांकन, विजय घिमिरेको संगीत , अर्जुन जिसीको सम्पादन रहेको छ । यो फिल्म कात्तिक २ गतेबाट रिलिज हुनेछ । निर्देशक दयाराम दाहालले यो फिल्ममा आफूले आफूलाइ नै अपडेट गरेको बताए । फिल्ममा युवापुस्ताको सुक्ष्म प्रेम देखाउन खोजिएको उनको भनाइ छ ।

For More videos Log on to Mazzako TV