रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘मिस्टर झोले’को फस्टलुक र रिलिज मिति सार्वजनिक गरएको छ । यो फिल्म पौष २८ गतेबाट रिलिज हुने भएको छ । यो फिल्म माघे संक्रान्तीको बिदा खाने तयारीका साथ हलमा आउन लागेको देखिएको छ ।

फिल्ममा रौनकविक्रम कँडेल कार्यकारी निर्माताको रुपमा छन् भने टेकेन खड्काको यसमा लगानी छ । सिनेमा आर्टस् र टेकेन खड्का प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्मको पोष्टरमा मुख्य कलाकारहरु दयाहाङ राइ, दीया पुन, बर्षा राउत, वुद्धि तामाङ, प्रविन खतिवडालाइ देखाइएको छ ।

फिल्ममा पुस्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, सरोज अर्याल, मनिराम पोखरेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV