फिल्म ‘ऐश्वर्य’को प्रदर्शन मिति सरेको छ । कात्तिक २ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज हुन लागेको यो फिल्म अब एक साता पछि सरेको हो । अब, यो फिल्म कात्तिक ९ गतेबाट रिलिज हुने मुख्य कलाकार रमेश उप्रेतीले जानकारी दिएका छन् ।

रमेशले भने–‘कात्तिक २ मा दुइवटा हिन्दी फिल्म र अन्य २ वटा नेपाली फिल्म पनि छन् । यस्तो अवस्थामा फिल्म ल्याउनु हामीले उचित ठानेनौ । यसैले एकसाता पछि सार्ने निर्णय गरेका हौ ।’

कात्तिक २ मा दुइवटा हिन्दी फिल्मको साथमा नेपाली फिल्म ‘रुद्रप्रिया र रानी’ रिलिज हुँदैछन् । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाइ, केकी अधिकारी, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV