एउटै फिल्ममा ३ अभिनेत्रीले काम गरे भने के होला ? पक्कै पनि ३ अभिनेत्रीविच दुश्मनी, डाहा देखिएला । तर, फिल्म ‘छक्का पन्जा २’का मुख्य ३ अभिनेत्रीमा भने गजबकै मित्रता देखिएको छ । असोज ११ गतेबाट रिलिज हुने यो फिल्मका मुख्य ३ अभिनेत्रीहरु प्रियंका कार्की, बर्षा राउत र स्वस्तिमा खड्का नजिक देखिएका छन् ।
सोमबार आयोजित फिल्म ‘छक्का पन्जा २’को गीत सार्वजनिक कार्यक्रममा ३ अभिनेत्रीविचको घनिष्ठता देखियो । बर्षाले प्रियंकाको ओठमा लतपतिएको लिपिष्टिक मिलाउँदै थिइन् भने प्रियंका स्वस्तिमा र बर्षाको कामको प्रशंसा गर्दै थिइन् ।

तीन अभिनेत्रीले एक अर्कासँग काम गर्न पाएकोमा खुशी व्यक्त गरे । नेपाली फिल्म क्षेत्रमा प्रियंका, बर्षा र स्वस्तिमा अहिले चर्चित छिन् । यी तिन अभिनेत्रीको अभिनयले फिल्मलाइ पनि फाइदा पुग्ने पक्का छ ।

For More videos Log on to Mazzako TV