प्रेमको चर्चामा रंगिएका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको अहिले सामाजिक संजालमा विभिन्न खालका ट्रोल बनिरहेका छन् । यो जोडीको ट्रोल बन्नुको मुख्य कारण हो, सामाजिक संजाल इन्स्ट्राग्राममा खोलिएको एक आइ डी ।

अभिनेत्री कार्कीले आफ्नो प्यारो कुकुरको नाममा इन्स्ट्राग्राममा एकाउन्ट खोलेकी छिन् । कुकुरको नाम हो, ‘स्नोही कार्की’ ।अब, इन्स्ट्राग्राममा तस्बिर र स्टाटस त स्नोहीले पोष्ट गर्ने कुरा भएन । एउटा, तस्बिरमा आयुष्मान र प्रियंकाले स्नोहीलाइ बोकेका छन् र जहाँ लेखिएको छ–‘मम्मी र ड्याडीले मलाइ धेरै माया गर्नुहुन्छ ।’

प्रियंकाको यो शैलीको अहिले सामाजिक संजालमा ट्रोल बनिरहेको छ । तर, गसिपमा रमाउन चाहाने प्रियंका भने यसमै दंग छिन् होला ।

For More videos Log on to Mazzako TV