यहि भाद्र ३० गते बाट सार्वजनिक प्रदर्शन हुने फिल्म ‘लिला’ को ट्रेलरले राम्रो चर्चा पाएको छ । सार्वजनिक भएको चार दिनमा नै युटुबमा तिन लाख बिस हजार बढी पटक हेरिएको छ । ट्रेलरले युटुबमा धेरै राम्रो प्रतिक्रिया पाएको फिल्मका निर्देशक रमेश कोइरालाले बताए । हामीले डलर खर्च गरेका छैन, युटुबमा दर्शक बढाउन सक्थ्यौ तर हामीले फेक भिवरमा विश्वास गरेनौ ।

फिल्ममा राजको प्रेम संचिता र मलिना दुबैसँग देखिएको छ । रमेश कोइरालाले निर्देशन गरेको यो फिल्ममा सीपी पौडेल कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ताको रुपमा रहेका छन् भने सीपी पौडेल कार्यकारी निर्माताको रुपमा छन् । लक्ष्मण बस्नेत र विमला घिमिरेले चलचित्रको निर्माण गरेका हुन् । लक्ष्मण बस्नेतको लेखन रहेको चलचित्रमा बसन्त सापकोटा र रमेश खड्काको संगीत, शिव ढकालको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राइको नृत्य निर्देशन, अष्ट महर्जनको एक्सन छ ।

For More videos Log on to Mazzako TV