भदौ ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘जोनी जेन्टलम्यान’मा समावेश ‘जब जब’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ ।

नितिन चन्दले निर्देशन गरेको यो फिल्मलाइ एड्रिउ पौडेलले निर्माण गरेका हुन् । म्यूजिक भिडियोका लागि तयार पारिएको र भिडियो नै छायांकन गरिसकिएको यो गीतलाइ पछि फिल्ममा राखिएको हो ।

यो भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र आँचल शर्मालाइ फिचरिङ गरिएको छ । यो गीतको भिडियोमा प्रविण सिंहको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन छ ।

काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता पल र अभिनेत्री आँचलको जोडीको चर्चा भएको थियो । कार्यक्रममा गायक सुरेशले गीत गाएर सुनाएका थिए । यो फिल्मलाइ लभ स्टोरी र द्धन्द्धको मिश्रण गरेर तयार पारिएको छ ।

For More videos Log on to Mazzako TV