बलिउड फिल्ममा अजय देवगण र काजोलको रोमान्स हेर्न चाहनेका लागि सुखत खबर । बलिउडको रिल तथा रियल जोडी अजय देवगण र काजोल ७ वर्षपछि एक फिल्ममा अनुबन्धित भएका छ । प्रदीप सरकारले आफ्नो आगामी फिल्ममा फाइनल गरेको यो जोडी ९० को दशकको हिट जोडी हो । दुई बच्चाका बाबु आमा अजय र काजोलको १९९९ मा बिहे भएको थियो । उनिहरुका ‘प्यार तो होना ही था’, ‘दिल क्या करे’, ‘राजू चाचा’, ‘यू मी और हम’ लगायत फिल्म सुपरहिट  छन् ।

यो भन्दा अघि अजय र काजोलले ७ वर्षअगाडि ‘टूनपुरका सुपरहिरो’ फिल्ममा काम गरेका थिए । फिल्मले दर्शकको माया पाउन नसकेर यो जोडीलाई कसैले दोर्होयाउन चाहेनन् । काजोल र अजयको आगामी फिल्मलाई लिएर निकै ठूलो उत्सुकता दर्शकमाझ छ ।

For More videos Log on to Mazzako TV