बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरीले सामाजिक सञ्जालमा केहि फोटोहरु पोष्ट गरिन् । हालै मुम्बईमा एक नयाँ स्टारको उद्घाटन गरियो । जहा फराह खान, रानी मुखर्जी, श्रीदेवी लगायत उपस्थित थिए । उक्त नयाँ स्टोर शाहरुख खानकी पत्नी गौरीले खोलेको हो । गौरी एक इन्टेरियर डिजाइनर समेत हुन् । उपस्थित बलिउडकर्मीले गौरीलाई बधाई दिए । त्यस्तैै निर्देशक सञ्जय लीला भन्साली समेत गौरीको नयाँ स्टोर हेर्न पुगे । गौरीले सेयर गरेका तस्वीरमा शाहरुख खान पनि गौरीसँगै देखिन्छन् । गौरीले सम्पुर्ण बलिउडकर्मी प्रति आभार प्रकट गरेकी छिन् ।

निर्देशक सञ्जय गौरीको कामबाट प्रभावित मात्र भएनन् सेट डिजाइनिङमा सहकार्य गर्ने प्रस्ताव समेत राखे । गौरीले यस बिषयमा सोच्ने बताएकी छिन् । अब गौरी फिल्मक्षेत्रमा काम गर्लिन त ? त्यो भने समयले नै बताउला । गौरी आफैं पनि एउटा प्रोडक्सन कम्पनीको मालिक्नी हुन्् ।

For More videos Log on to Mazzako TV