अभिनेत्री शिल्पा पोखरेललाइ निर्माता छविराज ओझाको ब्यानर बाहिरको फिल्म खासै फाप्दैन भनिन्छ । ‘फागू, वृन्दावन’ जस्ता फिल्म शिल्पाले छवि ओझाको ब्यानर बाहिर गरेकी थिइन् । यी दुबै फिल्म चलेनन् । हुनत, अहिले शिल्पा धमाधम छवि ब्यानर बाहिरकै फिल्ममा काम गरिरहेकी छिन् ।

उनै, शिल्पा अभिनित फिल्म ‘हामी शरणार्थी’ अहिले रिलिज भैरहेको छ । तर, फिल्म चलेको नचलेको दर्शकले अत्तोपत्तो पाएनन् । फिल्म नचलेपछि शिल्पाले निर्मातालाइ आग्रह गर्दै फेसबुकमा स्टाटस लेखिन् । जसमा उनले, फिल्म चले नचलेको जानकारी दर्शकलाइ गराउन, को को कलाकार छन् भन्ने कुरा दर्शकको कानसम्म पुर्याउन आवश्यक रहेको बताइन् ।

उनले फिल्म बनाएर मात्र नहुने भन्दै चलाउन पनि जान्नुपर्ने उल्लेख गरेकी छिन् । ‘हामी शरणार्थी’ हलमा लागेको दर्शकलाइ नै जानकारी नभएको भन्दै शिल्पाले आक्रोश पोखेकी छिन् ।

For More videos Log on to Mazzako TV