बलिउड अभिनेत्री सन्नी लियोनको परिवारमा हालै छोरीको आगमन भयो । उनि आमा बनेको १ महिना बित्न नपाउँदै उनि विरुद्ध मुद्दा दर्ता भएको छ । सन्नी र ड्यानिल वेबरले एक २१ महिने बालिका धर्मपुत्री बनाएका थिए । राष्ट्रिय बाल संरक्षण आयोगले धर्मपुत्रीकै बिषयमा मुद्दा दायर गरेको हो । सन्नीले आफ्नी छोरीसँगको तस्बिर ट्वीटरमा सेयर गरेकी थिइन् । ती फोटोमा बालिका र उनीहरुको बिच देखिएको छालाको रङका विषयमा नराम्रा कमेन्ट आए । कमेन्टले उनीहरुलाई समस्यामा पारेको हो ।

भारतको ‘केन्द्रीय दत्तक ग्रहण संसाधन प्राधिकरण’ ले कानुनी प्रक्रिया पूरा नहुन्जेल ‘प्रि–एडप्सन’ का रुपमा उनीहरुलाई दिएको थियो । सम्पूर्ण कानुनी प्रक्रिया पूरा नहुन्जेलसम्म कुनै परिवारले लिने बच्चाको तस्बिर सार्वजनिक गर्न नपाइने भारतीय मिडियाले जनाएका छन् । यसको उल्लंघन गर्दा २ लाख भारु जरिवाना वा ६ महिनादेखि १ वर्षसम्मको जेल सजाय हुन सक्नेछ ।

For More videos Log on to Mazzako TV