फिल्म ‘नालापानिमा’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमकोे आयोजना गरि कार्यक्रम नालापानिमा नेपली फौज र अंग्रेजी फौज बिच भएको युद्धलाई आधार मानि फिल्म फिल्म निर्माण गर्ने जानकारी गराइयो । अंग्रेज फौज माथि गोर्खालीले देखाएको बहादुरी नै फिल्मको मुख्य कथावस्तु रहने छ । उक्त समयमा बलभद्र कुँवरको नेतृत्वमा गोर्खाली सेनाले अंग्रेज सैनिकलाई हराएको थियो ।

रिमेश अधिकारी निर्देशिन फिल्म ‘नालापानी’ मा अर्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । सम्राट शाक्य कार्यकारी निर्देशक रहेको फिल्ममा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन् भने रोशन श्रेष्ठको फिल्ममा एक्सन रहने छ । नालापानिको गौरमय युद्धको इतिहासलाई अहिलेका पिडीलाई जानकारी गराउने उद्धेश्यले पनि फिल्म निर्माण गर्न लागिएको फिल्म युनिटको भनाई छ । पदमा कुमारी फिल्मस्को ब्यानरमा निर्माण हुने उक्त फिल्ममा मनोज शाक्यको लगानी रहेको छ ।

 

 

For More videos Log on to Mazzako TV