बलिउड नायक बरुण धवनको दोहोरो भूमिका रहेको फिल्म ‘जुड्वा २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । २० वर्ष अगाडीको हिट गीत ‘चल्ती हे क्या ९ से १२’ बोलको गीतको रिमेकमा वरुण धवन, ज्याक्लिन फर्नान्डिज र तपसी पन्नु फिचरिङ छन् । सन्दीप सिरोधकरको संगीतमा अनु मलिकद्वारा कम्पोज गरिएको गीतमा देव नेगी र नेहा कक्करको स्वर रहेको छ । फिल्मलाई डेभिड धवनले निर्देशन गरेका हुन् ।

दबंग खान अर्थात सलमानको दोहोरो भूमिका रहेको फिल्म ‘जुड्वा’ को रिमेकको रुपमा यो फिल्ममा बरुणले अभिनय गरेका हुन् । फिल्मलाई निर्देशक डेविड धवनले निकै रोमाञ्चक पाराले निर्माण गरेका छन् । फिल्म ‘स्टूडेन्ट अफ द इयर’ बाट बलिउडमा प्रवेश गरेका नायक बरुणका आजसम्म कुनै पनि फिल्म असफल भएका छैनन् । यसैले पनि उनलाई बलिउडमा नयाँ स्टारको रुपमा हेरिन्छ । फिल्म सेक्टेम्बर २९ मा रिलिज हुने छ । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV