अभिनेता सौगात मल्ल तथा नायिका प्रियंका कार्की अभिनित फिल्मको पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । कार्तिक १७ गते बाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘फाटेको जुत्ता’ को ‘आई एम सरी’ बोलको गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा सौगात मल्ल र प्रियंका कार्की फिचरिङमा देखिएका छन् ।

राजीव समरको कोरियोग्राफी रहेको गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत रहेको छ । अर्जुन कुमार फिल्मस्को व्यानरमा निर्माण भएको ‘फाटेको जुत्ता’ लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । निकेश खड्का निर्दे्शित फिल्म डार्क कमेडी जनरा निर्माण भएको छ । फिल्ममा सौगात र प्रियंकाका अलवा वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतको अभिनय छ । गीतलाई निरज कँडेलले खिचेका हुन् । निरोज महर्जनको लेखन रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध र दिर्घ खड्काको सम्पादन रहेको छ । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV