अभिनेत्री नम्रता सापकोटाका कारण अर्की अभिनेत्री अनु शाहलाइ केही फाइदा हुने देखिएको छ । मुस्ताङमा छायांकन सुरु भएको फिल्म ‘कान्छी’मा अभिनेत्री नम्रताले गर्ने भनिएको रोलमा अहिले अभिनेत्री अनु शाहले काम गरिरहेकी छिन् ।

हुनत, राम्रो फिल्मको अवसर पाएर आफूलाइ फिल्म क्षेत्रमा टिकाउन नसकेकी अभिनेत्री हुन् अनु शाह । केही राम्रा फिल्ममा काम गरेपनि विभिन्न कारणले गर्दा अनु म्यूजिक भिडियोमा नै सिमित भएकी थिइन् । उनै, अनुले लामो समयपछि एउटा राम्रो फिल्ममा काम पाएकी छिन् ।

आकाश अधिकारीको निर्देशनमा अभिनेत्री स्वेता खड्काको ब्यानरमा बन्न लागेको फिल्मले अनुलाइ राम्रै हाइप दिनसक्छ । तर, अनुले त्यसलाइ क्यास गर्न सक्छिन् या सक्दिनन् भन्ने मुख्य कुरा हो ।

For More videos Log on to Mazzako TV