नेपाली फिल्म क्षेत्रमा पहिलो फिल्मबाटै सुपरस्टारको दर्जा पाएकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको क्रेज खुबै देखियो । भदौ १६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर २’को प्रचारका लागि साम्राज्ञी अहिले मोफसल दौडमा छिन् ।

सोही क्रममा उनी र उनको टिम बिहिबार चितवन पुगेको थियो । चितवनमा पत्रकार सम्मेलनको आयोजनापछि फिल्मको टीमले तीज सेलिव्रेशन कार्यक्रम राखेको थियो । सो कार्यक्रममा सयौ फ्यान साम्राज्ञी र सलिनलाइ हेर्न उपस्थित थिए ।

साम्राज्ञीको साथमा अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेत, निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापा मोफसल दौडमा निस्किएका हुन् । साम्राज्ञी र सलिनले फ्यानसँगै फिल्मको गीत गाएका थिए । साथै, उनीहरुले फिल्मको बारेमा पनि जानकारी दिए ।

यो बर्षकै प्रतिक्षित फिल्मको रुपमा रहेको ‘ए मेरो हजुर २’को टिमले वुटवल, पोखराका दर्शकसँग पनि साक्षात्कार गर्ने कार्यक्रम छ ।

For More videos Log on to Mazzako TV