आकाश राईको निर्देशन रहने फिल्म ‘माया लाग्छ नि’ को शुभ मुहुर्त गरिएको छ । बिहिबार इटहरीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको शुभ साइत गरिएको हो ।  एजेश श्रेष्ठ र सबिना तामाङले रोमान्स गर्ने फिल्मलाई छायांकनका लागि १ महिना समय छुट्याइएको छ । फिल्मको बिहिबार बाटै छायांकन सुरु भएको निर्माण युनिटले मज्जाको अनलाईनलाई जानकारी दिएको छ । रिकेश बज्राचार्यको छायांकन रहने फिल्मको छायांकन इटहरी आसपास गरिनेछ ।

फिल्ममा एजेश, सबिनाका अलवा अंकिता चौधरी, अभि राई, शिब भट्टराई भोजपुरे, पूजा मारिया लागयत कलाकारको मुख्य अभिनय रहने छ । फिल्म बाबुराम गजमेरले निर्माण गर्दैछन् ।

For More videos Log on to Mazzako TV