फिल्म ‘लिला’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेम, द्धन्द्ध र सस्पेन्स कथामा भरिएको फिल्मको ट्रेलर रिलिज गरिएको हो ।
फिल्म भित्र अभिनेत्रीद्धय संचिता लुइटेल र मलिना जोशीको साथमा अभिनेता राज कटुवाल मुख्य भूमिकामा छन् ।

यो फिल्ममा राजको प्रेम संचिता र मलिना दुबैसँग देखिएको छ । रमेश कोइरालाले निर्देशन गरेको यो फिल्ममा सीपी पौडेल कार्यकारी निर्माताको रुपमा छन् । यो फिल्म भदौ ३० गतेबाट रिलिज हूँदैछ ।

चलचित्रमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ताको रुपमा रहेका छन् भने सीपी पौडेल कार्यकारी निर्माताको रुपमा छन् । लक्ष्मण बस्नेत र विमला घिमिरेले चलचित्रको निर्माण गरेका हुन् । लक्ष्मण बस्नेतको लेखन रहेको चलचित्रमा बसन्त सापकोटा र रमेश खड्काको संगीत, शिव ढकालको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राइको नृत्य निर्देशन, अष्ट महर्जनको एक्सन छ ।

For More videos Log on to Mazzako TV