भाद्र २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘२ रुपैयाँ’को ओ.यस.टी. च्यासल स्थित सुटिङ स्टुडियो सुटिङ गरिएको छ । ¥यापर आसिश राना लाउरे, एड्रेले ‘२ रुपैयाँ’को लागि र्याप गाएका हुन् । ब्याकग्राउण्ड स्कोरर तथा म्यूजिक कम्पोजर रोहित शाक्यले गीतको म्युजिक तयार पारेका हुन् ।

युवापुस्तामाझ निकै लोकप्रिय लाउरे र एड्रेको र्याप भर्सनले चलचित्रको प्रोमोशनमा निकै ठुलो प्रभाव पार्ने सिनेमा निर्माण युनिटको ठहर छ । फिल्मको यस ओ.यस.टी.ले फिल्मको कथाको केहि अंश समेत बल्ने फिल्मका अभिनेता आषिफ साहले बताएका छन् ।

आसिम शाहको निर्देशनमा बनेको यस सिनेमामा निश्चल बस्नेत, आषिफ शाह, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय हेर्न पाईन्छ । सिनेमाको ‘कुटुमा कुटु’ बोलको गीत सुपरहिट भएको छ । अब हेर्न बाँकी छ सिनेमाले कस्तो ब्यापार गर्छ ।

सिनेमको लागि लाउरे र एड्रेले गाएको र्यापको सुटिङ्गमा के के देखियो । हेर्नुस्, मज्जाको भिडियो…..रमाईलो ६

 

For More videos Log on to Mazzako TV