मण्डला नाटक घरमा चलिरहेको नायक अमृत ढुङगाना अभिनित नाटक ‘को १ छ, छ १ छ’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ । जिरो सर्कल इन्टरटेनमेन्ट्सको प्रस्तुतीमा रहेको म्युजिकल लभ स्टोरी नाटकलाई आधा सुरले निर्देशन गरेका हुन् । बसमा यात्रा गर्दाको क्रममा भएका घटनाहरुलाई मज्जाले प्रस्तुत गरिएको छ । बिराटनगरबाट छुटेको ‘को १ छ, छ १ छ’ को बस इटहरी हुदै बेलबारी पुग्छ, भने यात्राको क्रममा हुने लभ स्टोरी नाटकमा देखाइएको छ । बसमा यात्रा गर्दै गरेको एक युवक जसले त्यही बसमा रहेकि युवतीलाई मनमनै मन पराउँछ । तिनी युवतीसँगै जीवन बिताउने सपना देख्दै यात्रा अघि बढाउँछ । यात्राका क्रममा धेरै नै मज्जाको क्षणहरु देखिन्छ ।

मिलन कार्कीको सह निर्देशनमा निर्माण भएको नाटकमा अमृत ढुंगाना, निशा कार्की, आयान खड्का, रोहित पौडेल, मिलन कार्की, रियर राई लगायतको भूमिका छ । संवाद रहित सांगीतिक नाटकको उपमा पाएको नाटकले अहिले निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ । साउन २७ गतदेखि सुरु भएको नाटक ‘को १ छ छ १ छ’ भदौ १७ गतेसम्म चल्ने छ ।

For More videos Log on to Mazzako TV