लभ स्टोरी जनराको फिल्म ‘ब्रेकअप’का लागि निर्माता रोहित अधिकारीले नयाँ अभिनेत्री फाइनल गरेका छन् । यो फिल्ममा अभिनेता आशिरमान देशराज जोशीले काम गर्ने पहिले नै पक्का भैसकेको छ । आशिरमानले यो फिल्मका लागि १५ लाख पारिश्रमिक लिएपछि चर्चा भएको थियो ।

फिल्म ‘गाजलु’ हिट भएपछि रोहित र निर्देशक हेमराज वीसीले नयाँ फिल्म ‘ब्रेकअप’ बनाउन लागेका हुन् । कथावस्तु राम्रो भएकाले पनि आफूले फिल्ममा लगानी गर्न लागेको रोहित बताउँछन् । अब, यो फिल्मका लागि अभिनेत्री शिल्पा मास्केलाइ फाइनल गरिएको छ ।

एक हलिउड फिल्ममा समेत काम गरिसकेकी शिल्पासँग राम्रै पारिश्रमिकमा आफूहरुले संझौता गरेको रोहितले बताए । रोहितले भने–‘शिल्पा र आशिरमानको जोडी अब फिल्म ‘ब्रेकअप’मा देखिनेछ । हामी चाडै नै फिल्म छायांकन गर्छौ ।’

For More videos Log on to Mazzako TV