नेपाली फिल्म क्षेत्रकी चर्चित निर्देशक हुन् दीपाश्री निरौला । उनी निर्देशित पहिलो फिल्म ‘छक्का पन्जा’ले नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइको रेकर्ड राख्यो । संभवत यो रेकर्ड लामो समयसम्म तोडिने छैन । झन्, कुनै महिला निर्देशकले यो रेकर्ड तोड्न अझै धेरै बर्ष लाग्नेछ ।

उनै, दीपाश्रीको आज जन्मदिन हो । भदौ ७ गते विराटनगरमा जन्मिएकी दीपाश्रीलाइ रेडियोका श्रोताले धनियाँ भनेर चिन्थे । यसपछि, हाँस्य सिरियल ‘तितो सत्य’बाट उनी घर घरका महिलाको आवाज बनिन् । दीपाश्रीले सर्वाधिक उचाइ यही सिरियलबाट नै पाएकी थिइन् ।

कुनै समय नेपालको सफल अभिनेत्री बन्न आएकी दीपाश्री अहिले सफल निर्देशक बन्ने बाटोमा छिन् । उनी, निर्देशित फिल्म ‘छक्का पन्जा २’ असोज ११ गतेबाट रिलिज हुँदैछ । दीपाश्रीलाइ जन्मदिनको धेरै धेरै शुभकामना ।

For More videos Log on to Mazzako TV