बलिउड नायक इमरान हाशमीलाई सिरियल किसरको उपमाले चिनिने गरिन्छ । उनी यो परिचयलाई परिर्वतन गर्ने सोचमा भएकाले पछिल्ला फिल्लहरुमा पुरानो छवी भन्दा निकै फरक भूमिका निभाएका छन् । हाशमीले भने, ‘आफ्नो करियरको सुरुमा मैले सिरियल किसरको उपाधि पाएँ । तर मैले यो परिचयलाई निकै पहिले बिर्सिसकेको छु । जब समाचारमा मेरा लागि यो उपाधिको प्रयोग गरिन्छ तब म हाँसिदिन्छु र यसले मलाई मनोरञ्जन प्रदान गर्छ ।’ उनले मज्जाक गर्दै भने, ‘म सोचिरहेको छु कि अब नयाँ फिल्मको सम्झौतामा चुम्बनका दृश्य गर्दिन भन्ने शर्त जोड्नुपर्ला ।’

उनको नयाँ फिल्म ‘बादशाहो’ यतिखेर प्रोमोशनको क्रममा रहेको छ । विक्रम भट्टको फिल्म ‘फुटपाथ’ बाट डेब्यु गरेका हाशमीले भने, ‘मिडियाको हेडलाईनमा मलाई सिरियल किसरको उपाधि दिइन्छ । यस्तो हेडलाईन बनाउनु अघि आवारापन, जन्नत, वान्स अपन अब टाइम इन मुम्बई, शंघाईजस्तो फिल्ममा हेर्न अनुरोध गरेका छन् ।

For More videos Log on to Mazzako TV