बलिउड अभिनेता नवाजुद्दिन सिद्दकीले जीबन्त अभिनयका कारण आफ्नो छुट्टै परिचय बनाएका छन् । उनको भनाईलाई आधार मान्ने हो भने, अहिलेको समयमा अभिनय गरे वापत सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार उनै हुन् । एक अन्तर्वार्तामा उनले अभिनयको सवालमा आफु सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार भएको बताए । उनलाई मोल तोक्नै नपर्ने गरि निर्माताले पारिश्रमिक दिने अन्तर्वाता क्रममा भनेका छन् ।

हलिउड फिल्म खेल्ने मात्र ठुलो कलाकार हैन् । आफ्नो कला र सृजनालाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । सिद्दकीले बलिउडमा पनि राम्रा फिल्म बन्ने बताउँदै त्यसमाथि गर्व गर्नुपर्ने बताए । कालो वर्णको कारण कला क्षेत्रमा निकै संर्घष गर्नु परेको सिद्दकीले अहिले बलिउडमा आफ्नो अभिनयको कारण बलियो स्थान बनाइसकेका छन् । अहिले हरेक निर्माताको रोजाइमा पर्ने कलाकार मध्ये उनी पनि एक हुन् ।

For More videos Log on to Mazzako TV