‘यसलाइ सेल्फ–पी भन्छ मोरा, खुर्रर जाएगा, खुर्रर आएका, थरि–थरिका दाह्री, आइ लभ स्याम्पु’ । अहिले यी संवादहरुको राम्रै चर्चा भैरहेको छ । यो संवाद भदौ २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘२ रुपैयाँ’मा समावेश छन् ।

यो फिल्मको खाका वि.सं २०७० सालमा नै कोरिएको थियो । फिल्म ‘कर्कश’ रिलिज लगतै कथाकार तथा कलाकार आशिफ शाहले ‘२ रुपैयाँ’को खाका तयार गरिसकेको बताएका छन् । उनले नेपालको तराइ भूभागमा कम रकमको नोटको पृथक नम्बरलाइ प्रयोग गरि कारोबार गरिने कुरा सानैदेखि सुन्दै आएका थिए । त्यही तरिकालाइ कमेडी शैलीमा यो फिल्ममा उतारिएको छ ।

यो फिल्मलाइ कलाकार तथा निर्देशक निश्चल बस्नेतको निर्माण कम्पनी ब्ल्याक हर्सले पनि निर्माणमा सहकार्य गरेको छ । आशिफले कथा सुनाएपछि निश्चलले फिल्म निर्माणमा पनि सहकार्य गरेका हुन् । निश्चल भन्छन्–‘आशिफ दाइले कथा सुनाउने वित्तिकै मैले आफूलाइ जुरेली पात्रको रुपमा देखेको थियो ।’ निर्देशक असिम शाहका अनुसार, यो फिल्ममा उनको निर्देशकको भूमिका मात्र भैदिएको भए उनले एक्सन र कट बाहेक केही बोल्नु पर्दैनथ्यो । तर, यसमा उनको मिहिनेत र लगाव जोडिएको छ ।

फिल्ममा वुद्धि तामाङ, स्वस्तिमा खड्का पनि जोडिएका छन् । यो फिल्ममा समावेश ‘कुटुमा कुटु’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।

For More videos Log on to Mazzako TV