अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’को ट्रेलर सार्वजनिक गरिएको छ । युटुबबाट सार्वजनिक गरिएको यो फिल्मको ट्रेलर मुख्य कलाकारको वरिपरी नै घुमेको छ ।

नितिन चन्दको निर्देशनमा तयार भएको फिल्मलाइ एन्ड्रिउ पौडेलले निर्माण गरेका हुन् । फिल्मको ट्रेलरमा पलको दोहोरो शैली देखाइएको छ । एकातिर पल अभिनेत्री शर्मालाइ प्रेम गरिरहेको अवतारमा देखिएका छन् भने अर्कोतिर उनी द्धन्द्धात्मक अवतारमा देखिएका छन् ।

भदौ ३० गतेबाट रिलिज हुन लागेको यो फिल्मको गीतसंगीतले भने खासै चर्चा पाएका छैनन् । फिल्म ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि हौसिएका पलका लागि यो फिल्म महत्वपूर्ण छ ।

For More videos Log on to Mazzako TV