‘वान डे ट्यालेन्ट हन्ट’ को ग्रान्ड फिनाले भव्यरुपले सम्पन्न भएको छ । ट्यालेन्ट हन्ट’ को ग्रान्ड फिनाले शनिवार काठमाडौँको टुडीखेलमा सम्पन्न भएको हो ।  सेलिब्रटि म्यानेजमेन्ट र क्लासिक ईभेंटको सहकार्यमा संम्पन्न भएको सो कार्यक्रममा ३० जना प्रतिष्पर्धीहरुले आफ्नो प्रतिभा देखाएका थिए ।

३० जना प्रतिष्पर्धीहरुलाई पछार्दै अभिषेक महर्जन पहिलो, रंजित नेपाल दोश्रो र हाम्रो क्रिव तेश्रो भएका थिए।  निर्णायकहरु  गायिका संगीता राना प्रधान, निर्देशक दशरथ गिरि, कम्पोजर/एरेन्जरद्वय चन्द सिंह र किरण कडेल एवं  कोरियोग्राफर प्रशान्त तामाङको अन्तिम निर्णयले ३ जनालाई बिजेता घोषित गरेको थियो ।

ट्यालेन्टको फिनालेमा ए मेरो हजुर २ को युनिटले पनि मज्जाले प्रोमोशन गर्न ब्याएको छ । भाद्र १६ गतेबाट अल नेपाल प्रर्दशन हुने फिल्मको प्रमोशन फिल्म युनिटले धमाधम गरिरहेको छ । कलाकार सलिनमान बनिया, सलोन बस्नेत र अनुभव रेग्मीका साथमा फिल्मकि निर्देशक झरना थापाको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

बिजेताले क्रमश: पचास हजार, तिस हजार र बिस हजार जितेका थिए बिजेताहरुले बिभिन्न म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउनुका साथै एभेरेस्ट फिल्म एकडेमी र डान्स युनाईटेड मल्टि एकडेमीको तर्फबाट स्कलर्शिप पनि प्राप्त गरेका छन ।

 

१५० जनाले अडिसन दिएकोमा ३० जनाले एकअर्कामा अन्तिम प्रतिष्पर्धा गरेका थिए। प्रतियोगीहरुले गायन नृत्य, नाटक, हास्यव्यंग्य आदि प्रतिभाहरु देखाएका थिए।

सेलिब्रटि म्यानेजमेन्टका अध्यक्ष् सुभाष प्रधानले यस्तो ईभेन्ट बाट नव प्रतिभाहरुले आफ्नो प्रतिभा देखाउन पाउने र उनिहरुको भविष्य उज्ज्वज हुने कुरा बताएका थिए।

सो कार्यक्रममा प्राश्ना शाक्य, जुना प्रसाई, शशी रावल, प्राश्ना पाण्डे, अश्मिक लम्शाल जस्ता ख्याती प्राप्त कलाकारहरुको पनि उपस्थिति रहेको थियो।

 

 

For More videos Log on to Mazzako TV