नेपाली फिल्म दुनियाँ बाहिर हेरेजस्तो कहाँ छ र ? फिल्म खेल्ने वित्तिकै स्टार भएको सोच्ने कलाकार पनि यहाँ धेरै छन् । कतिपय त फिल्म खेलेर पनि सफलता पाउन सक्दैनन् ।
अभिनेत्री श्रद्धा प्रसाइको हकमा पनि यस्तै भयो ।

फिल्म ‘रोमियो’बाट डेब्यू गर्न लागेकी उनलाइ अन्ततः यो फिल्मबाट हात धुनुपर्यो । उनले फिल्म ‘दर्पण छाया २’बाट डेब्यू त गरिन्, तर न उनको कामको चर्चा भयो न त फिल्म नै हिट भयो ।

यसपछि, उनले छोटो भएपनि फिल्म ‘प्रेमगीत २’मा अभिनय गर्न भ्याइन् । तर, दुइवटै सिक्वेल फिल्मले उनको करिअरलाइ उकालो लगाएन । श्रद्धा अहिले म्यूजिक भिडियो खेल्न थालेकी छिन् । नेपाली फिल्म क्षेत्रमा दुइ ब्रान्डेड फिल्ममा काम गरेपनि उनलाइ नोटिस दर्शकले गरेनन् । यसैले, फिल्म क्षेत्रमा उनलाइ ‘लक’ लागेन भन्दा नै उत्तम होला ।

For More videos Log on to Mazzako TV