बलिउड अभिनेत्री सन्नी लियोनका आलोचक जति छन्, त्यो भन्दा बढि प्रशंसक छन् । हालै कोच्चिमा सन्नीलाई हेर्न यस्तो भीड लाग्यो भीड लागेको ठाउँका प्रशंसकलाई प्रहरीले मुद्दा दर्ता गर्नु पर्यो । घण्टौंसम्म सडक जाममा रह्यो । सन्नी लियोन एक स्टोर उद्घाटन गर्नका लागि त्यहाँ पुगेकी थिइन् । सडकमा जाम बनाएका कारण सयभन्दा बढि प्रशंसक विरुद्ध केरल पुलिसले मुद्दा दर्ता गरेको छ ।

यस्तै पुलिसले उक्त उद्घाटन भएको मोबाइल स्टोरका मालिकलाई समेत विरुद्ध सडकमा बाधा पुर्याएको भन्दै मुद्दा दर्ता गरेको छ । वास्तवमा बिहिबार एयरपोर्टबाट कार्यक्रम स्थल पुग्नुभन्दा पहिले नै सन्नी लियोनका प्रशंसकले उनको गाडीलाई यसरी घेरेका थिए कि उनको गाडी निकै बिस्तारै अगाडि बढ्नु परेको थियो । सन्नीले ट्वीटरमा एक तस्बिर सेयर गरेर यसको जानकारी दिए । सन्नीले लेखेकी छिन्- ‘मेरो कार वास्तविक रुपमा प्रेमको समुन्द्रको बिचमा छ । धन्यवाद ।’ यसका साथै सन्नीले एउटा भिडियो पनि सेयर गरिन् जसमा उनी आफ्ना प्रशंसकको बिचमा घेरिएकी छिन् र मानिसहरु सन्नी–सन्नी भनेर चिच्याइरहेका छन् ।

For More videos Log on to Mazzako TV