गायक तथा संगीतकार मन थुलुङ राईको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक मनको स्वर रहेको ‘सोल्टिनीको काहाँ प¥यो गाउँ’ बोलको गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । प्रकाश थुलुङको शब्द रहेको गीतमा कमल रसाइलीले संगीत भरेका छन् । गीतमा टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको छ । मनको आवाज भाग २ एल्बममा समावेश ‘सोल्टिनीको काहाँ प¥यो गाउँ’ को भिडियोमा क्रिटिना थापा र अनिश गुरुङको अभिनय देख्न सकिन्छ । साथै मेलाको माहौलमा युवा युवती जमघटमा रमाइलो गरेको भिडियो देखाइएको छ ।

मनी के. राईको कारियोग्राफी रहेको भिडियोका निर्देशन चक्र पुलामी हुन् । बिनोद बिनिर्जारा राईले खिचेको भिडियोलाई ओम प्रसाँईले सम्पादन गरेका छन् । तिन दर्जन भन्दा बढि गीतमा स्वर तथा संगीत दिइसकेका गायक मनले ‘सोल्टिनीको काहाँ प¥यो गाउँ’ बाट राम्रो प्रतिक्रिया आउँने अपेक्षा गरेका छन् । भिडियो हेर्नुस् :

 

For More videos Log on to Mazzako TV