फिल्म ‘प्रेमगीत’ पछि ‘म यस्तो गीत गाउँछु’ चर्चित बने संगै नायिका पूजा शर्माको चर्चा बढेको छ । उनै नायिका पूजा अहिले सामाजिक सेवामा समेत सक्रिय भएकी छिन् । बाढीबाट प्रभावित सुकुम्बासी बस्तीमा पुगेर उनले राहत वितरण गरेकी छिन् । पूजाले चितवनको रत्ननगर ५ स्थित सुकुम्बासी बस्तीमा पुगेर राहत वितरण गरेकी हुन् । अविरल बर्षापछि आएको बाढी पहिरोका कारण गास र बास नै उजाडिएका सुकुम्बासीरुको मुहारमा खुसी दिएकी छिन् । खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामाग्री गरी  १ लाख भन्दा बढीको राहत सामाग्री हस्तान्तरण गर्दा पूजा निकै खुशी र भावूक भइन् । नायिका पूजाले ६० सुकुम्बासी परिवाको पिडामा मलम लगाएकी हुन् ।

राहत बाँढ्दै म यस्तो गीत गाउँछु नायिका पूजा भन्छिन्, ‘घरहरु अझै हिलाम्य छन् । खाने कुरा छैन । लत्ताकपडा सबै बगाएको छ, सहयोगको खाँचो छ ।’ यता निर्देशत थापाले सहयोग र राहतको नाममा भाषण गर्ने, सामाजिक सञ्जालमा ठुला गफ लगाउनेहरुलाई पुजाको यो कामले पाठ सिकाउने बताए । आफ्नो ठाउँबाट जति सकिन्छ त्यति सहयोग गरौं, निर्देशक थापाले भने । अन्य बाढी प्रभावित क्षेत्रमा पनि सहयोग गर्ने योजना रहेको पुजाले बताइन् । राप्ती नदिमा बाढी आउँदा चितवनको सुकुम्बासी बस्ती सहित होटलहरु डुबानमा परेका थिए ।

For More videos Log on to Mazzako TV