बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली लामो समय देखि एकअर्कालाई डेट गरिरहेका छन् । क्रिकेटर विराट अहिले श्रीलंकामा छन् । अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेमी विराट लाई भेट्न श्रीलंका पुगेकी छन् । श्रीलंकाको क्यान्डी शहर कप्तान कोहली सहित इन्डिय टीम पगेको हो । यहि मौका अनुष्का बिराटलाई भेट्न श्रीलंका पुगेकी हुन् ।

अनुष्का र विराट भेटेको तस्वीर अहिले सामाजिक सञ्जालमा मज्जाले छाएको छ । साथै अनुष्काले केहि फ्यानसंग समेत भेट गरेकि छिन् । टीमका अन्य सदस्यहरु संग पनि रमाइलो गरेको फोटो सामाजीक संजालमा छाएका छन् । अनुष्का प्राय समय निकालेर विराटको खेल हेर्न पुगीरहेकी हुन्छिन् । फिल्म ‘जब ह्यारी मेट सेजल’ को प्रर्दशनपछि उनले केही समय निकालेर प्रेमीलाई भेट्न गएकी हुन् ।

For More videos Log on to Mazzako TV