आजबाट नेपाली फिल्महरुमा २ नयाँ नेपाली फिल्म रिलिज भएका छन् । सरोज न्यौपानेको निर्देशनमा हेमराज वीसी निर्देशित फिल्म ‘ग्याङस्टार ब्लूज’ले काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्समा उच्च शोहरु पाएको छ ।

आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि लगायतका कलाकारको अभिनय रहेको यो फिल्म चर्चामा छ । ग्याङस्टार बनेको एक यूवा र उसको भावनाको कथामा बगेको यो फिल्मले प्रिमियरमा राम्रै तारिफ पाएको थियो ।

आजैबाट अर्को फिल्म ‘भुँइमान्छे’ पनि रिलिज भएको छ । नवराज बुढाथोकीको निर्देशनमा तयार भएको यो फिल्ममा रमेश वुढाथोकी र सिपोरा गुरुङ मुख्य भूमिकामा छन् । यो फिल्मले पोष्र्टमार्टम गर्ने एक बयस्क पुरुष र उसको प्रेमको कथालाई जोडेको छ । यो फिल्मको कथावस्तुको हिसाबले दर्शकका लागि नयाँ खुराक छ ।

दुइ फिल्मले बक्स अफिसमा कस्तो व्यापार गर्ने हुन्, विकेन्ड कलेक्शन पनि स्पष्ट हुनेछ ।

For More videos Log on to Mazzako TV