फिल्म ‘नीरफूल’ बन्ने भएको छ । संचारकर्मी, कवि तथा कथाकार फूलमान बलले यो फिल्मको निर्देशन गर्न लागेका हुन. । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको ७० प्रतिशत छायांकन नै सकिएको जानकारी फिल्मको टिमले गराएको हो ।

भुकम्पले छिन्नभिन्न परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित फिल्म गणेश हिमाल मुनिको रुबी भ्याली र काठमाडौंमा छायांकन भइरहेको छ । यो फिल्ममा अभिनेता दयाहाङ राइ र अभिनेत्री रेखा थापाको मुख्य भूमिका छ । मुख्य भुमिकामा काम गरेका अभिनेता दयाहाङ राईले पटकथा मनपरेर आफूले फिल्म खेलेको जनाए । ‘अचेल म स्क्रिप्ट र पारिश्रमिक हेरेर मात्रै काम गरिरहेको छु’ उनले भने, ‘यो फिल्मको कथाबस्तु निकै बलियो र मनछुने छ र यसमा मैले निकै फरक र चुनौतीपुर्ण भुमिका गरेको छु ।’

फिल्ममा विशेष भुमिकामा देखिन लागेकी अभिनेत्री रेखा थापाले पनि यसको कथाले नै आफूलाई तानेको बताइन् । फिल्ममा दयाहाङको जोडीको रुपमा अभिनेत्री शान्ती वाइबा देखिंदै छिन् । उनले यसअघि एउटा फिल्मको सानो रोलमा दयाहाङकै पत्नी भएर खेलेको सुनाउ“दै ‘नीरफूल’मा भने आफूले मन फुकाएर काम गर्न पाएको बताइन् । उनले रुबी भ्यालीको गोठमा आगो ताप्दै भेंडीको दुध खाएको रोचक अनुभव सुनाइन् । बाल गायिका जिग्मे छ्योइकी घिसिङ फिल्मको मुख्य भुमिकामध्ये एकमा छिन् ।

फिल्मको कथा, पटकथा र गीत निर्देशक वल स्वयंले नै लेखेका छन् । पटकथामा उनलाई एशोसिएट निर्देशक सचिन घिमिरेले पनि साथ दिएका छन् । निर्देशक वलले दुईबर्षअघिको महाभूकम्पपछि दिमागमा कथा क्लिक भएको बताउ“दै फिल्ममा राज्य प्रणालीको भ्रष्टता पनि उठाउन खोजिएको बताए । ‘यो धादिङ रुबी भ्यालीको एउटा परिवारको कथा हो’ उनले भने, ‘यो ठाउ“को भूगोल, प्रकृति र संस्कृतिबारे अहिलेसम्म बाहिर आएको छैन । यस हिसाबले यो फिल्मले रुबी भ्यालीलाई पनि चिनाउने छ ।’

फिल्ममा बुद्धि तामाङ, पुस्कर गुरुङ, सरिता गिरी, राजन खतिवडा, सरोज अर्याल, मानस राज, लक्ष्मी बर्देवा, जीवन बराल, रोशन फ्युबा लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ । फिल्ममा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत छ । फिल्मको ३० प्रतिशत छायांकन बा“की रहेको र आउ“दो माघमा रिलिजको योजना रहेको निर्देशक वलले जनाए ।

For More videos Log on to Mazzako TV