अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘उकालीमा जाँदा जाँदै’ बोलको गीत रिलिज गरिएको हो । भाद्र १६ गतेबाट अल नेपाल सार्वजनिक प्रर्दशनमा आउने फिल्मका ‘कसम हो कसम’ र ‘किनीदेउ न साइला दाई’ बोलका गीत र ट्रेलरबाट फिल्म प्रतिक्षित बनिसकेको छ ।


गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारहरुलाई मस्ती मूडमा देखाईएको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् । फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन् । ‘उकालीमा जाँदा जाँदै’ भिडियो :

For More videos Log on to Mazzako TV