केही दिन अगाडि आयोजित एक अवार्ड समारोहमा पुगेकी अभिनेत्री सुरविना कार्कीको रातो गाउनले खुबै चर्चा पायो । एउटा राम्रो फिल्मको खोजीमा रहेकी यी सुन्दरी अहिले निम्तो आएका कार्यक्रममा पुग्ने गरेकी छिन् ।

अभिनेत्री कार्की सार्वजनिक कार्यक्रममा हट बनेर पुग्दा मिडियाको नजरमा पनि पर्ने गरेकी छिन् । वुधबार आयोजना भएको फिल्म ‘ग्याङस्टार ब्लूज’को प्रिमियरमा वन पिसमा आधा भन्दा बढी खुलेको क्लिभेज पहिरनमा पुगेकी हट सुरविना मिडियाको क्यामेरामा परिन् ।

सुरविनाको पोज पोजका तस्बिर खिच्न मिडियाका क्यामेरा सोझिए । आफू अब एउटा राम्रो फिल्ममा काम गर्ने सोचमा रहेको सुरविना कार्यक्रम अनुसार पहिरन लगाउनुपर्ने बताउछिन् ।

For More videos Log on to Mazzako TV