एकपछि अर्को फिल्मको प्रिमियरले नेपाली फिल्मको माहोललाई तताएको छ । बुधबार बेलुकी काठमाण्डौको चाबहिलस्थित एफक्यूब हलमा फिल्म ‘ग्याङस्टार ब्लूज’को प्रिमियर गरिएको छ ।

सेलिव्रेटीहरुको बाक्लो भीडमा तिन वटा पर्दा नै बुक गरेर फिल्मको प्रिमियर गरिएको हो । सरोज न्यौपाने निर्मित फिल्मलाइ हेमराज वीसीले निर्देशन गरेका हुन् । फिल्ममा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्म हेर्नका लागि अभिनेता आयुष्मान देशराज आमा, बुबा र अभिनेत्री प्रियंका कार्कीको साथमा पुगेका थिए । यस्तै, अभिनेत्री झरना थापा, रीमा विश्वकर्मा, सुरविना कार्की पनि प्रिमियरमा हटकेक बनेका थिए ।

ग्याङस्टारको कथामा बनेको यो फिल्ममा विशेषगरि, अभिनेत्री आना शर्मा र अभिनेता आशिरमानको प्रेम देखाइएको छ । प्रेमले निम्त्याएको ग्याङस्टार अवतारमा यो फिल्म बनेको छ ।

For More videos Log on to Mazzako TV