नेपाली फिल्म क्षेत्रमा कमै मात्र अभिनेत्री छन्, जसलाइ द्धन्द्धात्मक फिल्ममा काम गर्न मनपर्छ । अधिकांश अभिनेत्रीहरु फिल्ममा अभिनेतासँग नाच्ने र सामान्य भूमिकामा नै सिमित भएका छन् ।

तर, अभिनेत्री शिल्पा पोखरेल भने यो कुराबाट केही पर छिन् । उनले आफूलाई सबैभन्दा पहिला फिल्ममा काम गर्नका लागि कथा नै उत्कृष्ट हुनुपर्ने बताइन् । शिल्पाले भनिन्–‘मलाइ कथा नै उत्कृष्ट हुनुपर्छ । मैले न्याय गर्न सक्ने फिल्म छ भने काम गर्न अग्रसर हुन्छु ।’

शिल्पाले आफूलाई हरेक भूमिका गर्न मन लाग्ने बताइन् । तर, रोमान्स भन्दा द्धन्द्धात्मक फिल्ममा आफूलाई काम गर्न मन लाग्ने शिल्पाको भनाइ छ । शिल्पा अहिले सशस्त्र प्रहरीको भूमिकामा फिल्म ‘विरङ्गना’मा काम गरिरहेकी छिन् ।

For More videos Log on to Mazzako TV