अभिनेत्री स्वेता खड्का सोमबार आयोजित फिल्म ‘कान्छी’को घोषणा कार्यक्रममा केही भावूक देखिइन् । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि केही समय पर्दा पछाडि रहेकी स्वेताले अन्ततः आफै फिल्म निर्माणमा हात हाल्ने निर्णय गरेकी थिइन् ।

फिल्म ‘कोहिनुर’ निर्माणको समयमा स्वेता र श्रीकृष्णको बिहे भएको थिएन । तर, पछि रिलिज भन्दा एक महिना अगाडि यी दुइले बिहे गरे । तर, फिल्म रिलिज भएको भोलीपल्टै उपचारका क्रममा श्रीकृष्णको निधन भयो ।

सो समयमा फिल्मको सम्पूर्ण जिम्मा श्रीकृष्णले लिन्थे । तर, यसपटक भने स्वेताले अभिनय र निर्माण एकसाथ गर्नुपर्नेछ । उनै, स्वेताले ‘कान्छी’ घोषणा कार्यक्रममा आफ्नो पूनजन्म भएको बताइन् । उनले, अब आफू पहिलेकी जस्ती स्वेता पनि नरेहेको भन्दै पूनजन्म भएको बताएकी थिइन् ।

स्वेताले सो समयमा बाढी प्रभावितका लागि नगद १ लाख सहयोग गर्ने वचन समेत दिइन् ।

For More videos Log on to Mazzako TV