समाजसेवा मनबाट गर्नुपर्छ । खोक्रो कुराले समाजसेवा हुँदैन । हाँस्यकलाकार सिताराम कट्टेलले यो कुराको प्रमाणित गरिरहेका छन् । ३ वटा एकिकृत बस्ती निर्माणपछि उनी नमुना नेपाल बनाउने अभियानमा पनि जुटिरहेका छन् ।

उनै सिताराम अहिले भने तराइमा आएको बाढीबाट जनतालाइ उद्धार गर्न तल्लिन देखिएका छन् । सप्तरी जिल्लाको भारदहस्थित कोसी वाँध किनारका बाढी पीडितहरुलाई खाद्य सामाग्री पु¥याउन पुगेका उनले बाढी ठूलो भएपछि सकेनन् । यसपछि, उनीहरुलाई नै सुरक्षित स्थानमा भेला गराएर उनको टिमले राहत वितरण गर्यो ।

सो समयमा धुर्मुसले बाढीमा आफै पसेर पीडितको उद्धार गरे । सामाजिक संजालमा अहिले उनको चौतर्फी प्रशंसा भैरहेको छ ।

एक बालकलाई बाढीमा पसेर बोक्दै गरेको तस्बिर अहिले भाइरल भएको छ । शुक्रबार अविरल पानी परेपछि आएको बाढीले तराइ जलमग्न छ । सिताराम आइतबार बिहानै मेडिकल, खाद्यान्न बोकेर तराइ पुगेका थिए ।

For More videos Log on to Mazzako TV